काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा आयोजना गरेको नेकपा एमालेको चियापान शुरु भएको छ ।
बिहान ११ बजेका लागि भनिएको चियापान केही ढिला गरी भएको हो । चियापानको लागि आमन्त्रण गरिएका एमालेका नेता, मन्त्री, सांसद र समाचार संकलनको लागि पत्रकारहरु बालुवाटार पुगेका छन् । आजजाउ चलेका कारण बालुवाटार हाई अलर्टमा छ ।
पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्रीले आह्वान गरेको चियापान समारोहमा गृहमन्त्री रामबहादुर थापा बादल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्वाङ, अर्थमन्त्री विष्णु पौडेल, शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेश ठगुन्ना लगायतका मन्त्रीहरुसहित सांसदहरु बालुवाटारमा प्रवेश गरिसकेका छन् ।
तर आज (मंगलवार) पनि उक्त चियापान कार्यक्रममा सञ्चारकर्मीहरुलाई प्रवेश निषेध गरिएको छ । चियापानको समाचार संकलनका लागि विभिन्न सञ्चारगृहबाट गएका सञ्चारकर्मीहरु बालुवाटार परिसरमा नै रोकिएका छन् ।
यसो त आज मात्रै बालुवाटारले यस्तो रेस्पोन्स गरेको भने होइन । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न समयमा बालुवाटारमा आयोजना गरेका विभिन्न कार्यक्रमहरुको रिपोर्टिङ गर्न पुगेका सञ्चारकर्मीहरुलाई गेटमै रोकिदिने बालुवाटारले चलन नै बसाएको छ । प्रधानमन्त्री ओलीमाथि व्यक्तिगत कार्यक्रमहरु समेत सरकारी निवासमा गरेको भन्ने आरोप पनि लाग्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ चैत्र २०७७, १२ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओली चीन भ्रमणमा जाँदै
आदिकविले नेपालीलाई भाषा र भावनाको सेतुले जोड्नुभयो: प्रधानमन्त्री ओली
योगको सम्बन्ध इजरायल-इरानबीचको द्वन्द्व अन्त्यसँग सम्बन्धित छ : प्रधानमन्त्री ओली
नेपाली समाजमा अनुशासनको कमी छ: प्रधानमन्त्री ओली
निजामती विधेयकमा केही समय पर्खिन प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने