ट्रेडमार्क चोरीका ५६ वटा उजुरी

पत्रपत्रिकाबाट

मंगलबार, ०३ चैत्र २०७७, ०८ : २७
ट्रेडमार्क चोरीका ५६ वटा उजुरी

काठमाडौं । चालू आर्थिक वर्षमा उद्यमी–व्यवसायीले आफ्नो सामानलाई चिनाउनका लागि लिने चिन्ह वा संकेत (ट्रेडमार्क) का सम्बन्धमा ५६ वटा उजुरी परेका छन् ।

उद्योग विभागमा दर्ता भएको एउटा सामग्रीको ट्रेडमार्क हुबहु वा आंशिक रुपमा चोरी गरी पुनः अर्को सामग्रीमा उस्तै चिन्ह वा संकेत लिएपछि ट्रेडमार्क सम्बन्धमा उजुरी पर्ने गर्छ । ट्रेडमार्क उत्पादित वस्तुमाथि उत्पादकको कानुनी हक र अधिकार हो ।

नेपाल ट्रेडमार्क सम्बन्धी पेरिस सम्झौताको पक्ष राष्ट्र हो । पेरिस सम्झौतामा ट्रेडमार्क सम्बन्धमा कम्तीमा अधिकारप्राप्त निकायले छानविन गर्न ६ महिनाको अवधि पाउने व्यवस्था छ । कम्पनीको ट्रेडमार्क दर्ता भएपछि ६ महिना ‘प्रायोरिटी क्लेम’ को लागि समय दिएको हुन्छ ।

यो ६ महिनाको अवधिमा कुनै विदेशी कम्पनी आएर उक्त आवेदनको विरूद्ध आफ्नो सोही नामको कम्पनी ६ महिनाअघि नै विदेशमा दर्ता भइसकेको प्रमाण पेस गरे त्यसको ट्रेडमार्क स्वतः पहिले दर्ता भएको कम्पनीमा जानेछ । तर, दर्ता गरेको ६ महिनापछि पनि ट्रेडमार्क पाइँदैन । कारोबार दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस