प्रधानमन्त्री ओलीको चियापान कार्यक्रममा सहभागी भएनन् माधव नेपाल

सफल खबर संवाददाता

मंगलबार, ०३ चैत्र २०७७, ०८ : १०
प्रधानमन्त्री ओलीको चियापान कार्यक्रममा सहभागी भएनन् माधव नेपाल

काठमाडौं । नेकपा एमालेभित्रको विवाद मिल्नुको साटो थप उत्कर्षतिर पुग्दै गर्दा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार चियापान कार्यक्रमको आयोजना गरेका छन् । 

ओलीले सरकारी निवास बालुवाटारमा बिहान ११ बजे पार्टीका केन्द्रीय नेताहरुलाई बोलाइएको छ । तर सो चियापानमा माधव नेपाल पक्षको भने सहभागी नरहने भएको छ । मोबाइल एसएमएसमार्फत उनले निम्तोसहितको सन्देश पठाएपनि चियापान कार्यक्रममा नजाने नेपाल पक्षले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस