दाङ । जिल्लाको लमही नगरपालिकामा आगलागी हुँदा छ वटा घर जलेर नष्ट भएका छन् । विद्युतको तार सर्ट भएर आगलागी भएको नगरपालिका-६ राप्ती टोल विकास संस्था ढिकपुरका अध्यक्ष अनुप बुढा मगरले जानकारी दिए । उनका अनुसार सोमवार बिहान छ वटा खरका छाना भएको घरमा आगलागी भएको हो ।
आगलागीबाट घरमा रहेको टीभी, दराज फर्निचरका सामाग्री, भकारीमा रहेको अन्नपात, लुगाकपडा सबै जलेर नष्ट भएको छ । लमही नगरपालिका र गढवा गाउँपालिकाको दमकल र वडा प्रहरी कार्यालय लमही, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीयको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको थियो ।
आगलागीबाट ढिकपुरका बलिराम चौधरी, सर्जु चौधरी, बसन्त चौधरी, प्रेम चौधरी, कान्छु चौधरी, रेमशबहादुर बुढाको घर जलेर नष्ट भएको बुढाले जानकारी दिए ।
आगलागीबाट कति क्षति भयो भन्नेबारे खुल्न नसकेको प्रहरीले जनाएको छ । गर्मीयाम सुरु भएसँगै देउखुरीका विभिन्न क्षेत्रमा आगलागीका घटना हुने गरेका छन् । केहीदिन अगाडि गढवा, कोइलाबास र सुकौलीनाकामा आगलागीबाट घर जलेर नष्ट भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ चैत्र २०७७, १३ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
असावधानीका कारण आगलागीका घटनामा वृद्धि
नयाँ वर्षे मनाउँदै गर्दा बारमा आगलागी : ४० जनाको मृत्यु, ११५ घाइते
आगलागीबाट दुई जनाको मृत्यु, नौ घाइते
हुम्लाकाे सर्केगाडमा आगलागी, दुई जना घाइते, तीन घरमा क्षति
मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते
देशभर २२ स्थानमा आगलागीका घटना