कैलाली । नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले नेपाली कांग्रेसको लक्ष्य भनेको आउने आमनिर्वाचन रहेको बताएका छन् । नेपाल प्रेस युनियनले आज धनगढीमा गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेसको मुल लक्ष्य आमनिर्वाचनबाट बहुमतका साथ सत्तामा जाने रहेको बताए ।
उनले भने, “त्यो लक्ष्यबाट दायाँबाँया गर्दैनौं ।” उनले अहिले निर्वाचन नहुँञ्जेसम्मको अवस्थामा के गर्ने भन्ने कुरा संसद्को अङ्कगणितले निर्धारण गर्ने उल्लेख गरे ।
उनले भने, “त्यो अङ्कगणित स्वाभाविक रुपमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउने पक्षमा आयो भने कांग्रेसले त्यसको नेतृत्व लिन्छ र लिनुपर्छ भन्ने पार्टीमा आम राय छ ।” नेता महतले कांग्रेस अरु कसैको नेतृत्व तथा अरुलाई समर्थन गरेर सरकारमा नजाने स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ०२ चैत्र २०७७, ११ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संघीयताको सबैभन्दा ठूलो समस्या प्रदेश होइन, संघ होः गगन थापा
कांग्रेसमा शुद्धीकरण, आत्मसमीक्षा र आत्मविश्वास आवश्यक छ : महामन्त्री थापा
कांग्रेस मधेस प्रदेशले वीरगन्जमा दुई दिन प्रशिक्षण कार्यक्रम गर्ने
संसद्को गतिरोधबारे कांग्रेस-रास्वपा छलफल
संविधानको घेरा गैरसंवैधानिक तरिकाबाट तोड्न खोज्नु अनुचित : नेपाली कांग्रेस
गृहमन्त्रीको राजीनामा आउँदैन, छानबिन समिति पनि बन्दैन: कांग्रेस