देउवालाई प्रधानमन्त्री बनाउनेमा कांग्रेसभित्र एक मत

सफल खबर संवाददाता

आइतबार, ०१ चैत्र २०७७, १५ : १८
देउवालाई प्रधानमन्त्री बनाउनेमा कांग्रेसभित्र एक मत

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनेमा कांग्रेसभित्र एक मत देखिएको छ । केही सयमअघिसम्म कांग्रेसमा सरकारमा जाने र नजाने दुईवटा धारणा विभाजित थियो । 

सरकारमा जानमात्रै होइन, केपी शर्मा ओलीले गरेको संसद् विघटनपछि आन्दोलनमा जाने कि नजाने भन्नेमा पनि कांग्रेस विभाजित अवस्थामा थियो ।

सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल तथा कृष्ण सिटौला हरेक विषयमा दुई धारणा सार्वजनिक गरिहाल्थे । तर, अहिले कांग्रेसको त्यो अवस्थामा ३६० डिग्रीको परिवर्तन देखिएको छ र सरकारमा जानुपर्छ, कांग्रेसले नेतृत्व लिएर देशलाई ओलीको विकल्प दिनुपर्छ भन्नेमा एकमत छ । 

यस्तो अवस्था कांग्रेसको केन्द्रीय समिति वा पदाधिकारी बैठकले कुनै निर्णय गरेर वा नेतृत्वले सबैलाई विश्वासमा लिएर भने आएको होइन ।प्रतिनिधि सभा पुनःस्थापित हुँदा नेपाल कम्युनिष्ट पार्टीसँग करिब दुई तिहाइ मत थियो । 

नेकपा दुई समूहमा विभाजित भए पनि कानुनीरुपमा एउटै थियो । त्यसबेला पौडेल पक्षले कांग्रेस सरकारमा जान नहुने बताउँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस