तनहुँ । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले झुटा कुरा गरेर मेलमिलाप हुन नसक्ने बताएका छन् । तनहुँको व्यास नगरपालिका–१२ गोल्लामा निर्मित बिपी विचार समाजको भवन आज उद्घाटन गर्दै नेता जोशीले कार्यकर्तालाई सम्मान गर्न नजानेसम्म मेलमिलापको अर्थ नरहने स्पष्ट गरे।
“नगरपालिकाका प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षको टिकट दिँदा पनि कार्यकर्ताको के राय छ भनी बुझेर टिकट दिनुपर्छ”, अर्को प्रसङ्गमा पूर्वमन्त्री जोशीले भने, “त्यसो नगरी आफूले मनपरी गर्ने हो भने अहिलेका कार्यकर्ताले मान्ने अवस्था रहँदैन ।” नेता जोशीले अबको चुनावमा आफूले लड्ने तयारी गरेकाले सहयोग गर्न कार्यकर्तालाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, ०१ चैत्र २०७७, १३ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली कांग्रेसले गर्यो संसदीय दलको नेता चयन प्रक्रिया स्थगित
संघीयताको सबैभन्दा ठूलो समस्या प्रदेश होइन, संघ होः गगन थापा
कांग्रेसमा शुद्धीकरण, आत्मसमीक्षा र आत्मविश्वास आवश्यक छ : महामन्त्री थापा
कांग्रेस मधेस प्रदेशले वीरगन्जमा दुई दिन प्रशिक्षण कार्यक्रम गर्ने
संसद्को गतिरोधबारे कांग्रेस-रास्वपा छलफल
संविधानको घेरा गैरसंवैधानिक तरिकाबाट तोड्न खोज्नु अनुचित : नेपाली कांग्रेस