काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक चलिरहेको बेला नेकपा एमाले नेता भीम रावल पेरिसडाँडा पुगेका छन्। पेरिसडाँडास्थित माओवादी कार्यालयमा बिहान ९ बजेबाट सुरु भएको माओवादी केन्द्रको स्थायी समिति बैठकमा ९ः३० बजे रावल बैठकमा समेत प्रवेश गर्न भ्याए ।
माओवादीको बैठकमा रावलले के संवाद गरे भन्ने विषय बाहिर आएको छैन । आधा घण्टा पेरिसडाँडा रहेका रावल १० बजे पेरिसडाँडा बाट बाहिरिएका थिए । तर रावलले पेरिसडाँडाबाट बाहिरिँदै गर्दा कुनै प्रतिक्रिया भने दिएनन् ।
अनि उनी माधवकुमार नेपाल पक्षको स्थायी समिति बैठकका लागि नयाँ बानेश्वरस्थित अर्याल होटेलतिर लागे ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २९ फागुन २०७७, ११ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
माओवादी केन्द्रसँग एकताको विपक्षमा खुले झलनाथसहित १४ जना नेता, अरु को-को छन् ?
माओवादी केन्द्रका सचिव गणेश साहले गरे पार्टी त्यागेको घोषणा
माओवादीभित्र जेनजी रेड टास्क फोर्स गठन, ‘प्रचण्ड’लाई थप एक कार्यकाल अध्यक्ष बनाउने
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै