रेशम चौधरी रिहाइको माग प्रतिगमनकारी ओली सरकारलाई समर्थनको शर्तमा होइनः बाबुराम

सफल खबर संवाददाता

शनिबार, २९ फागुन २०७७, ०७ : ३८
रेशम चौधरी रिहाइको माग प्रतिगमनकारी ओली सरकारलाई समर्थनको शर्तमा होइनः बाबुराम

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जसपाका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले रेशम चौधरीको रिहाइको माग ‘प्रतिगमनकारी ओली सरकारलाई समर्थन’को शर्तमा नभएको बताएका छन् । उनले यस्तो शर्त हुनै नसक्ने पनि ठोकुवा गरेका छन् । 

‘रेशम चौधरी लगायतका थारू विद्रोहका नेताहरूको रिहाइको माग प्रतिगमनकारी ओली सरकारलाई समर्थन वा त्यसमा सहभागिताको शर्तमा हैन र हुनसक्दैन’, भट्टराईले ट्वीटरमार्फत भनेका छन् । 

जसपाकै एक समूहले ओली सरकारमा सहभागी हुन लविङ गरिरहेको बेला भट्टराईबाट यस्तो धारणा आएको हो ।  भट्टराईले ‘एमालेको झापा विद्रोहदेखि विप्लबको सशस्त्र गतिविधिसम्म राजनीतिक मुद्दाका रूपमा हल हुनसक्छन् भने थारूको मात्र किन नहुने ?’  भन्दै कोही पनि भ्रम्मा रहन जरुरी नभएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस