आज दिनभरको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

शुक्रबार, २८ फागुन २०७७, ०८ : ५७
आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले शुक्रबार देशभरको मौसममा आंशिक देखि सामान्य बदली रहने जनाएको छ । पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्सहित वर्षाको सम्भावना रहेने उल्लेख छ । 

शुक्रबार राति पनि देशभरी आंशिक देखि सामान्य बदली रहने छ । पहाडी भूभागका थोरै स्थानहरुमा राति पनि मेघ गर्जन र चट्टयाङ्सहित वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन, चट्टयाङ् र हाावाहुरिसहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
 

प्रतिक्रिया दिनुहोस