माओवादी केन्द्रले यसरी व्युताउँदैछ पुरानो संगठन

सफल खबर संवाददाता

विहीबार, २७ फागुन २०७७, १६ : ०९
माओवादी केन्द्रले यसरी व्युताउँदैछ पुरानो संगठन

काठमाडौं । नेकपा माओवादी केन्द्र पुरानो आफ्नो संगठन व्युताउने अन्तिम तयारीमा जुटेकोे छ । चार सदस्यीय कार्यदलको आज भएको पहिलो बैठकले पुरानै संगठनलाई ब्युँताउने निर्णय गरेको हो ।  नयाँ परिस्थितिअनुसार सांगठनिक कामलाई पूर्णता दिने कार्यदलको निष्कर्ष छ । 

पेरिसडाँडामा झण्डै चार घण्टा बसेको कार्यदलको पहिलो बैठकमा  सदस्यहरुले संगठनात्मक क्षेत्रमा गर्नुपर्ने व्यवस्थापनका कामका बारेमा आ–आफ्ना धारणा प्रस्तुत गरेका थिए । कार्यदल सदस्य गिरिराजमणि पोखरेलका अनुसार पुरानो सम्पूर्ण संगठनलाई ब्युँताउन क्रियाशील हुनुपर्ने बेला आएको छ ।

उनका अनुसार सर्वोच्चको फैसलापछिको अवस्थामा पार्टीमा आएको उत्तरचढाव, विभिन्न पार्टी कमिटीमा रहेका रिक्त स्थानको पदपूर्ति, अन्य पार्टीबाट आएकाहरुको व्यवस्थापन लगायतका विषयलाई समेटेर प्रतिवेदन तयार पारिने बताए। कार्यदलको अर्को बैठक शुक्रबार फेरि बस्ने छ । 

प्रतिक्रिया दिनुहोस