कालिकोटमा सवारी साधन दुर्घटना, एक जनाको मृत्यु

सफल खबर संवाददाता

विहीबार, २७ फागुन २०७७, १२ : ५५
कालिकोटमा सवारी साधन दुर्घटना, एक जनाको मृत्यु

कालीकोट । कालीकोटमा सवारी साधान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कालिकोटबाट सुर्खेतका लागि छुटेको कर्णाली प्रदेश ०२ ०० ख ०२४७ नम्बरको गाडी आठबीस नगरपालिका १ को सेलाघाट भन्ने ठाउँमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

दुर्घटनामा कालीकोट शुभकालिका गाउँपालिका २ का ३७ वर्षीय जितेन्द्र शाहीको ज्यान गएको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी अर्जुन चन्द्रले बताए ।

दुर्घटनामा घाइते भएका १० जनालाई उपचारका लागि सुर्खेत पठाइएको छ । गाडीमा १७ जना यात्रु रहेको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस