जेब्राक्रसिङबाट बाटो काट्दैगर्दा ट्रकले दियो ठक्कर, काँग्रेस गाउँपालिका सभापतिको मृत्यु

सफल खबर संवाददाता

विहीबार, २७ फागुन २०७७, १२ : २६
जेब्राक्रसिङबाट बाटो काट्दैगर्दा ट्रकले दियो ठक्कर, काँग्रेस गाउँपालिका सभापतिको मृत्यु

मुगु । जेब्राक्रसिङबाट बाटो काट्दैगर्दा ट्रकले ठक्कर दिँदा काँग्रेस गाउँपालिका सभापति जयकर्ण मल्लको निधन भएको छ । मुगुको सोरु गाउँपालिका कार्यसमितिका सभापति ३७ वर्षीय जयकर्ण मल्ललाई गएराति ९ बजे बाँकेको कोहलपुरमा जेब्राक्रसिङबाट बाटो काटिरहेको अवस्थामा ट्रकको ठक्कर दिँदा  निधन भएको हो । 

उनको निधनमा काँग्रेसले गहिरो दुःख व्यक्त गरेको छ । काँग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले एक वक्तव्य जारी गर्दै मल्लले पार्टी संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेको उल्लेख गरेका छन् ।

उनको निधनबाट नेपाली कांग्रेसले एक सक्रिय युवा नेतृत्वलाई गुमाएको पनि विज्ञप्तिमा उल्ःलेख छ ।
 

प्रतिक्रिया दिनुहोस