सरकारले माग्यो किसान आयोगका अध्यक्ष र सदस्य

सफल खबर संवाददाता

विहीबार, २७ फागुन २०७७, ११ : १२
सरकारले माग्यो किसान आयोगका अध्यक्ष र सदस्य

काठमाडौं । सरकारले राष्ट्रिय किसान आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग गरेको छ।इच्छुकहरूले उक्त पदहरूका लागि दरखास्त दिन सक्नेछन्।

२०७८ वैशाख १ गतेदेखि किसान आयोगमा अध्यक्ष र सदस्य पदहरू रिक्त हुने भएकोले नियुक्त गर्न आवेदन माग गरिएको हो।

आजदेखि २१ दिनभित्र दरखास्त दिन सकिने कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत सिफारिस समितिले सूचना निकालेर जानकारी गराएको छ।

एक जना अध्यक्ष, किसान प्रतिनिधि सदस्य एक महिलासहित तीन जना, कृषि सहकारीमा आवद्ध किसान एक जना सदस्य र एक जना कृषि विज्ञ सदस्य पदका लागि आवेदन खुला भएको छ।अध्यक्ष पदका लागि कम्तीमा स्नातकोत्तर तह वा सो सरह उत्तिर्ण भएको तथा ३५ वर्ष उमेर पूरा भएको हुनुपर्नेछ।

साथै पाँच हजार शब्दमा व्यवसायिक कार्ययोजना पनि पेश गर्नुपर्ने सूचनामा उल्लेख छ। आवेदन फारम www.moald.gov.np बाट डाउनलोड गर्न सकिनेछ। 

प्रतिक्रिया दिनुहोस