घाइते पत्रकारको सहयोगार्थ ‘कालो पोथी’ च्यारिटी

सफल खबर संवाददाता

विहीबार, २७ फागुन २०७७, ११ : ०५
घाइते पत्रकारको सहयोगार्थ ‘कालो पोथी’ च्यारिटी

काठमाडौं । फिल्म ‘कालो पोथी’को च्यारिटी गरिएको छ । चलचित्र पत्रकार संघ नेपालले संघको सदस्य बाबुशिरिष डिसीको उपचारको सहयोगार्थ फिल्म च्यारिटी गरेको हो । 

बुधबार साँझ सिभिल महल सुन्धाराको चलचित्र भवनमा आयोजित च्यारिटीमा कलाकार दीपकराज गिरी, निर्मल शर्मा गैडा, चलचित्र बिकास बोडका अध्यक्ष दयाराम दाहाल लगायतको उपस्थिति रहेको थियो ।

करिव एकवर्ष अगाडि एक कार्यक्रमको समाचार संकलन गरेर घर फर्किने क्रममा सडक दुर्घटनामा परेका रंगपत्रकार बाबुशिरिषले उक्त दुर्घटनाका कारण एक खुट्टा समेत गुमाएका छन् । अझै उपचारार्थ रहेका डिसीको थप उपचारका लागि आर्थिक समस्या परेको देखेर चलचित्र पत्रकार संघले फिल्म च्यारिटी मार्फत सहयोग जुटाउने प्रयास गरेको हो । च्यारिटीबाट उठेको ५ लाख ५८ हजार डिसीका भाइ सुमनलाई दुलाललाई कार्यक्रममा हस्तान्तरण गरिएको छ ।

फिल्म ‘कालो पोथी’ मीन बहादुर भामको निर्देशनमा बनेको हो । भाम र उनको टिमले निर्माण गरेको फिल्म च्यारेटीका लागि निःशुल्क उपलब्ध गराइएको थियो । देश तथा विदेशका बिभिन्न महोत्सवमा पुरस्कार जित्न सफल फिल्म ‘कालो पोथी’ युद्धको समयमा मुगुका दुई बालक साथी प्रकाश र किरणले व्यहोर्नु परेको कथामा निर्माण भएको छ ।

शुक्रराज रोकाया र खडक राज नेपालीको अभिनय रहेको फिल्मलाई छिरिङरितार शेर्पाले निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस