घुस लिएको आरोपमा कर अधिकृत पक्राउ

सफल खबर संवाददाता

विहीबार, २७ फागुन २०७७, १० : ४४
घुस लिएको आरोपमा कर अधिकृत पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर अधुकृत रमेश ढकाललाई डेढ लाख घुस रकम लिएको आरोपमा पक्राउ गरेको छ ।

धनुषाको आन्तरिक राजस्व कार्यालय जनकपुरधाममा कार्यरत कर अधिकृत रमेश ढकालले सेवाग्राहीसँग अन्तशुल्क समायोजनको रकम फिर्ता गर्ने भन्दै आर एन मेनेजमेन्ट अकाउण्ट कन्सल्टेन्सीका प्रोपाइटर नविन कुमार कर्ण मार्फत डेढलाख घुस लिएको अख्तियारले जनाएको छ ।

अख्तियारले कर्णलाई सेवाग्राहीबाट लिएको डेढ लाखसहित जनकपुरधाम उप महानगरपालिका स्थित अन्नपूर्ण होटल एण्ड गेष्ट हाउसबाट र कर अधिकृत ढकाललाई धनुषास्थित नेपाल स्काउटको कार्यालय अगाडिबाट नियन्त्रणमा लिएको जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस