काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले बुधबार देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने जनाएको छ । पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसम बदली भएको हो ।
अहिले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ । दिउँसो पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली भई बाँकी क्षेत्रमा आंशिक बदली रहने छ। अपरान्ह पश्चात देशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन र चट्टयाङ्गसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
यसैगरि राति देशका पहाडी भू–भागमा आंशिक बदली भई बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २६ फागुन २०७७, ०८ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
कस्तो रहला आज दिनभरको मौसम ?
आज देशभरको मौसम कस्तो रहला ?
आजको मौसम : यी स्थानमा चट्याङसहित वर्षा, हावाहुरीको सम्भावना
कस्तो रहला आज दिनभरको मौसम ?