उधोगमा एघार अर्ब लगानी

मंगलबार, १२ मंसिर २०७४, १५ : ४७
उधोगमा एघार अर्ब लगानी

दाङ । दाङमा स्थापना भएका उधोग मा रु १० अर्ब ९५ करोड १७ लाख ४० हजार लगानी भएको छ । उधोग  विकास शाखा दाङमा २०७४ साल असार मसान्तसम्म दर्ता कायम रहेका विभिन्न ५४ प्रकारका उधोगमा उक्त लगानी भएको हो ।

उक्त लगानी सिमेन्ट उधोग  बाहेकका अन्य उद्योगको भएको उधोग  अधिकृत उमबहादुर वलीले जानकारी दिए । उनले अहिलेसम्म चार हजार ९०२ वटा उधोग  अहिलेसम्म खुलेको र दर्ता भएको बताए । जिल्लामा सबैभन्दा धेरै कुटानी पिसानी र च्युरा मिल उधोग  ७४८ वटा दर्ता भएको छ । त्यसैगरी होटल, रेस्टुराँ उधोग  ६२२, पोल्टी फिड ५८६, सः मिल तथा फर्निचर उधोग  ३६५, ग्रिल उद्योग २२३ र निर्माण सेवा २५५ वटा दर्ता भएका छन् ।

कृषि बहुउदेश्यीय उधोग  तीन सय ७ र पशुपालन उद्योग ३३२ वटा दर्ता भएका छन् । ती ५४ प्रकारका उद्योगले वार्षिक रु आठ अर्ब, ६७ करोड ६२ लाख ३७ हजार १६२ मेट्रिक टन उत्पादन गर्ने गरेको वलीले जानकारी दिए । ती उधोग मा २२ हजार ९८१ जनाले रोजगारी पाएका छन् ।

चालु आवको पहिलो चौमासिकमा तीन सय आठवटा उद्योग दर्ता भएका छन् भने रु ४१ करोड ९५ लाख ७५ हजार लगानी हुनुका साथै एक हजार १९ जनाले रोजगारी पाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस