बागीबारे मलाई केही थाहा छैन : रामचन्द्र पौडेल

विहीबार, १६ कार्तिक २०७४, १७ : ३३
बागीबारे मलाई केही थाहा छैन : रामचन्द्र पौडेल

तनहुँ । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ क्षेत्रनं १ बाट संघीय प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेद्वारी दर्ता गरेका छन् । अपरान्ह प्रमुख निर्वाचन अधिकृतको कार्यलय पुगेर उम्मेदवारी दर्तापछि नेता पौडेलले आफ्नाविरुद्ध कसैले उम्मेदवारी दर्ता गरेको आफुलाई थाहा नभएको बताए ।
उनले कांग्रेस भित्रका विवाद साना तिना भएको भन्दै विसतारै बिबादहरु मत्थर हुदै जाने बताए ।

पत्रकारहरुले तपाईविरुद्ध पुर्व मन्त्री गोविन्दराज जोशीले बागी उम्मेदवारी दर्ता गराएका छन् नि भन्ने प्रश्नको जवाफमा उनले सवैको व्यक्तिगत स्वतन्त्रता हुने भन्दै अरु केही नवोल्ने प्रतिकृया दिए ।

प्रतिक्रिया दिनुहोस