काठमाडौं । भावी रणनीतिबारे छलफल गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी बैठक बोलाएका छन्। बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा बस्ने बताइएको छ।
सर्वोच्च अदालतको फैसलाले नेकपा एकीकरण पूर्वकै अवस्थामा पुर्याएपछिको रणनीतिबारे छलफल गर्न बैठक बोलाइएको माओवादी केन्द्रका नेता गणेश शाहले बताए। आजै पार्टी केन्द्रीय कार्यालयको बोर्ड समेत फेरिने उनको भनाइ छ।
यसअघि एकीकरणपछि पार्टी कार्यालयमा रहेको नेकपाको बोर्ड झिकेर एकीकरण पहिलेकै पार्टीको बोर्ड राखिने उनले बताए।
माओवादी केन्द्रका रामबाहदुर थापा ‘बादल’ टोपबहदुर रायमाझी, मणि थापा, लेखराज भट्ट र प्रभु शाह ओली पक्षमा लागेका छन्। बैठकले उनीहरुलाई पार्टीमा बोलाउने वा कारबाही गर्नेबारे पनि निर्णय गर्ने बताइएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ फागुन २०७७, ११ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्रको चार महिने नयाँ कार्ययोजना साउन १ गतेदेखि कार्यान्वयन हुने
माओवादीको प्रष्टीकरण-‘विद्यालाई नारायणकाजीले भेटेकोबारे पार्टीलाई जानकारी छैन’
कलाकार बाबा पाख्रिनसहित सयौँ जना माओवादीमा प्रवेश
माओवादीद्वारा विपद् व्यवस्थापनमा जुट्न चार बुँदे निर्देशन
‘निजामती विधेयक छेडखानीको नैतिक जिम्मा सभामुखले लिनुपर्छ’: माओवादी केन्द्र
सभापतिदेखि सबैमाथि छानबिन गरियोस् : हितराज पाण्डे