नेकपा खारेज गर्ने सर्बोच्च अदालतको फैसला'बेठिक टाईम' को न्याय : मुख्य सचेतक देव गुरुङ्ग

सफल खबर संवाददाता

आइतबार, २३ फागुन २०७७, १६ : ३०
नेकपा खारेज गर्ने सर्बोच्च अदालतको फैसला'बेठिक टाईम' को न्याय : मुख्य सचेतक देव गुरुङ्ग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव समूहका नेता एवं संसदीय दलका मुख्य सचेतक देव गुरुङ्गले ओली प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपा खारेज गर्ने सर्वोच्च अदालतको फैसलालाई “बेठिक टाईम”को न्यायको संज्ञा दिएका छन्  । 

संसदीय दलका नेता परिर्वतनको सूचना दर्ता गराएर निस्कदै गर्दा संसद सचिवालय सिंहदरबारमा संचारकर्मीलाई फैसला बारे प्रारम्भीक प्रतिक्रिया दिदै नेता गुरुङ्गले “बेठिक टाईम”मा न्याय दिने काम भएको बताएका हुन्  । 

उनले अदालतको फैसलाले दलको आधिकारिकता सम्बन्धी निर्वाचन आयोगको “डेढलक”लाई अझै मद्दत पुग्न सक्ने बताए । उनले फैसला संगै पुर्व नेकपा एमाले र पुर्व नेकपा माओवादी केन्द्रलाई व्युँताई यथास्थानमा गयो भन्न नमिल्ने तर्क गरे । 

उनले पार्टी एकीकरण पछि ३ बर्षमा धेरै कामहरु भएको र त्यसलाई सरकारले पनि स्वामित्वमा लिएकाले  नाम परिवर्तन हुदैमा एकीकरणका सबै अवहेव मेटिन नसक्ने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस