फुङ्लिङ ।नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल समूहका स्थायी समिति सदस्य योगेशकुमार भट्टराईले विभाजित नेकपामा एकता प्रयास भइरहेको बताएका छन् ।
प्रेस सङ्गठन ताप्लेजुङले आयोजना आज गरेको पत्रकार भेटघाट कार्यक्रमा उनले नेकपा एकताका लागि उच्च पदका नेताले त्याग गर्न सक्नुपर्ने बताए । उनले भने, “एकता हुने सम्भावना जीवित छ, सबै सङ्गठन एकताको पक्षमा छन्, सबैसँग कुरा भइरहेको छ ।”
एकताका लागि पहिलो सूत्र भनेकै त्याग भएको उनले बताए । नेकपा एकताका लागि प्रधानमन्त्रीले राजीनामा गर्नुपर्ने पहिलो आधार रहेको उनको जिकिर थियो । प्रचण्ड नेपालले पनि प्रधानमन्त्री बन्नेतिर नलागेर दोस्रो पुस्तालाई नेतृत्व दिए पार्टी एकता हुनसक्ने उनले बताए ।
नेता भट्टराईले नेपाल पत्रकार महासङ्घको भवन निर्माण गर्न व्यक्तिगततर्फबाट रु एक लाख दिने र आउँदा बजेटबाट रु दश लाख विनियोजन गर्ने उनले प्रतिबद्धता जनाए ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, २१ फागुन २०७७, ११ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारले शिक्षामा लगानी गर्ने वातावरण बनाएन् : योगेश भट्टराई
पूर्वी जिल्लामा अति आवश्यकीय बस्तुको सरकारले तत्काल व्यवस्था गर्नुपर्छ : योगेश भट्टराई
वायुसेवा निगममा कर्मचारी थप्नु आमाको रगत खानु जस्तै हो : योगेशकुमार भट्टराई
मधेसका मुख्यमन्त्रीलाई शंकाको सुविधा दिएर विश्वासको मत : योगेशकुमार भट्टराई
प्रहरीले बोलाएपछि जोसुकैले पनि बयान दिन जानुपर्छ : योगेश भट्टराई
सांसद योगेशकुमार भट्टराईले भने–वर्तमान सरकारले अर्थतन्त्र उकास्न सक्दैन