सर्लाहीमा ८ किलो गाँजासहित दुईजना पक्राउ

सफल खबर संवाददाता

विहीबार, २० फागुन २०७७, १२ : ४०
सर्लाहीमा ८ किलो गाँजासहित दुईजना पक्राउ

सर्लाही । लागुऔषध गाँजासहित सर्लाहीबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ  । पक्राउ पर्नेमा महोत्तरीको पिपरा गाउँपालिका–३ का २८ वर्षीय रामआश्रय यादव र १९ वर्षीय चन्दन महतो रहेको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए ।

प्रहरीले लालबन्दी नगरपालिका–१३ पानीटंकी स्थित लखनदेही खोलामा जाँच गर्दा यादवलाई पाँच किलो गाँजा र महतोलाई किलो गाँजासहित नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया दिनुहोस