काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहिबार देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । पश्चिमी वायुको प्रभावका कारण हाल प्रदेश १ तथा गण्डकी प्रदेशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली भइरहेको छ ।
यस्तै, देशका बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहेको छ। महाशाखाले जारी गरेको पूर्वानुमानका अनुसार आज दिउँसो देशको पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने छ।
देशको पहाडी भूभागहरुको एक, दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । आज राति देशको पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २० फागुन २०७७, ०८ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : सातै प्रदेशमा वर्षाको सम्भावना
कस्तो रहला आज देशभरको मौसम ?
कस्तो रहला आज देशभरको मौसम ?