शीतल निवासकी सम्धिनी सकसमा

सफल खबर संवाददाता

बुधबार, १९ फागुन २०७७, ०७ : ३१
शीतल निवासकी सम्धिनी सकसमा

काठमाडौं । बालुवाटारबाट आएका प्रस्तावलाई आँखा चिम्लेर लाहाछाप लगाइदिने राष्ट्रपति विद्यादेवी भण्डारीका कारण उहाँकै नातेदारसमेत आजित छन् । यसरी मर्कामा पर्ने र हैरानी खेप्नेमा सम्धिनी किरण यादवदेखि अर्का नातेदार ज्ञानेन्द्रबहादुर कार्कीसम्म रहेको बताइन्छ । आफ्नै निर्वाचन क्षेत्रमा हिँड्दा राष्ट्रपतिकी सम्धिनीले लज्जित हुनुपर्ने स्थिति आइलागेको हो । अघिल्लो निर्वाचनमा सम्धिनीलाई महोत्तरीबाट जिताउन मधेसीमूलका एक सल्लाहकारमार्फत राष्ट्रपतिले खर्च पठाउनुभएको थियो । 

किरणले जनता समाजवादी पार्टीका उम्मेदवार शरत्सिंह भण्डारीलाई पहाडे समुदायको भएकाले यादवलाई नै जिताउनुपर्छ भन्दै भोट मागेकी थिइन् । यद्यपि, यादव समुदायबाहेक अरुको मन जित्न सकिनन् । संसद् विघटन भई १७ र २७ वैशाखमा निर्वाचनको मिति तय भएको स्थितिलाई लक्ष्य गर्दै अघिल्लो हप्ता किरण मतदाताबीच पुग्दा तपाईंकी सम्धिनीले त यस्तो गरिन्, उस्तो गरिन् भन्दै आक्रोश सुन्नुपरेको थियो ।

उस्तै हाल छ अर्का नातेदार (फुपूको छोरा) ज्ञानेन्द्रबहादुर कार्कीको । सदैव आरजु देउवाको आशीर्वादले सत्तामा टाँसिइरहन सफल भनिएका कार्की गत चुनावमा पहिलो पटक सुनसरीबाट निर्वाचित भए । तिनताक उपेन्द्र यादवको पार्टीका नेता अशोक राईलाई कांग्रेसले समर्थन गरिदिँदा उपेन्द्रको समर्थन ज्ञानेन्द्रलाई मिलेको थियो । 

उसो त किरणकी बहिनी रेखा यादव शुरुदेखि नै नेविसंघको राजनीतिमा लागेकी । मधेस आन्दोलनताका शरदसिंह भण्डारीको पार्टीमा लागेपछि किरणले त्यही मौका छोपेर ठूलोबुबा (पूर्वराष्ट्रपति रामवरण यादव)लाई फकाई फुलाई कांग्रेसबाट समानुपातिक सांसद बन्ने अवसर पाइन् । महोत्तरीकै पुराना कांग्रेसी दलित महिलालाई दिनुपर्ने हो तर त्यसो नगरी रामवरणले गिरिजाबाबुलाई फकाएर भतिजीलाई सांसद बनाइदिनुभयो ।

आफू कांग्रेसको भए पनि रामवरण राष्ट्रपति हुनुपूर्व पहिलो संविधानसभा चुनावताका उनका पति मुनिलालचाहिँ तराई मधेस लोकतान्त्रिक पार्टीतिर खुलेरै लागे । मुनिलालले ससुरा पर्ने रामवरण राष्ट्रपति र पत्नी सांसद भएको मौका छोपी अख्तियारमा सिफारिस गर्न लगाए, परे पनि तर धोखा दियो प्रमाणपत्रले ।

प्रमाणपत्र जालसाजीको भन्ने पोल खुलेपछि सिफारिस रद्द भयो । सर्वाेच्चले त्यो समय सिफारिस भएका प्रमुख आयुक्तदेखि सबैको सिफारिस रद्द गरिदिएपछि उदय भएको थियो लोकमानसिंह कार्कीको । 

सम्धी मुनिलाललाई विद्या भण्डारीको सिफारिसमा फेरि अख्तियारमा नियुक्त गर्ने कोशिश भएको पनि हो तर किरण परे रामचन्द्र र सशांक टिमको । देउवाको रोजाइमा परे आफ्नै भेगीय र गोजीको पात्र जयबहादुर चन्द ।

चन्द सिफारिस भएपछि मुनीलालको तानाबाना समाप्त भयो । तर सम्धिनी राष्ट्रपति भएकोमा यो समूहले फाइदा उठाइरहेकै छ, यसको पछिल्लो उदाहरण हो जल तथा ऊर्जा आयोगका सचिव रमेश सिंहलाई हालै मात्र शहरी विकासमा ल्याइनु । शहरी विकासभित्र ठुल्ठूला योजना हुने हुँदा यो मालदार मन्त्रालयमा पर्छ । 

२.
 

प्रतिक्रिया दिनुहोस