आदिकवि भानु माविमा अनिश्चितकालिन तालाबन्दी

रासस

मंगलबार, १८ फागुन २०७७, १५ : ३०
आदिकवि भानु माविमा अनिश्चितकालिन तालाबन्दी

सांकेतिक तस्वीर

चितवन । पोखरा बसपार्क नारायणगढमा रहेको आदिकवि भानु मा.वि. मा अनिश्चितकालिन तालाबन्दी भएको छ ।

आदिकवि विद्यालय प्रशासनले मनोमानी रुपले विद्यार्थी र अभिभावकको ढाड सेक्ने गरि लकडाउन अवधीको शुल्क लिएको भन्दै अनेरास्ववियु भानु मावि कमिटीले प्रधानाध्यापकको कक्षा र लेखामा तालाबन्दी गरेको भानु माविका विद्यार्थी युवराज मगरले बताएका छ्न सुरु मा ७२ घण्टे अल्टिमेटम दिदादिदै पनि प्रशासन सहित प्रधानाध्यापक ले बेवास्ता गरि उल्टै विद्यार्थिलाई थर्काएको मानसिक यातना दिएकोले यो कदम चाल्न मजबुर भएको बिद्यार्थीहरु बताउछ्न  ।

आफ्नो माग पूरा नभएसम्म ताला बन्दी हुने समेत विद्यार्थिहरुले जानकारी दिएका छ्न । विद्यार्थिले उठाएका माग यस प्रकार रहेको छ । अभिभावकसग जबर्जस्ती अनलाइन क्लासको नाममा असुलेको शुल्क फिर्ता गर्ने विद्यालयको पुस्तकालयमा प्रयाप्त मात्रामा पुस्तक व्यवस्थापन गर्नु पर्ने विद्यालयको शौचालय , खानेपानी व्यवस्थापन साथै रेडक्रस सामग्री उपलब्ध गराउनुपर्ने, विद्यालयले लकडाउनको समयको पनि शुल्क उठाउन खोजेकोमा उक्त कदम तुरुन्त रोक्नु पर्ने यातायातको शुल्क सहुलियत गर्नु पर्ने, क्यान्टिनको उचित व्यवस्थापन हुनुपर्ने, विद्यालयको सामाजिक लेखा परिक्षण हुनुपर्ने, बिद्यार्थीसंग उठाइएको प्रती विद्यार्थि बराबर २० हजार धरौटी रकम धरौटी खातामा नभएकाले सो बारे छानबिन हुनु पर्ने विद्यार्थि लाई दिनु पर्ने छात्रवृत्ति लुकाइएको ले यसको जवाफ दिनुपर्ने र छात्रवृत्ति पुनः सुचारु हुनुपर्ने विद्यालयको भौतिक सरचना निर्माण गर्दा अनियमित ढङ्गले समितिको निर्णय बेगर टेण्डर कोटेशन बिना कार्य गरि लाखौं लाख भष्ट्रचार भएकोले यसको छानबिन हुनुपर्ने विद्यालयको अक्षयकोष हिनामिना गरि भष्ट्रचार गरिएको मा छानबिन हुनुपर्ने र अन्तिममा विज्ञप्ति मा भनिएको छ।

प्रतिक्रिया दिनुहोस