१००औं खेलमा भिनिसियसको गोल,  रियल सोसिडाडसँग बराबरीमा

रासस

मंगलबार, १८ फागुन २०७७, ११ : ३२
१००औं खेलमा भिनिसियसको गोल,  रियल सोसिडाडसँग बराबरीमा

काठमाडौं । भिनिसियल जुनियरले रियल मड्रिडका लागि १००‍औं खेल खेल्दै गोल गर्दा रियल भने स्पानिस ला लिगामा रियल सोसिडाडसँग बराबरीमा रोकिएको छ ।

सोमबार राति भएको खेलमा रियलले घरेलु मैदानमै सोसिडाडसँग १(१ को बराबरी खेलेको हो । खेलको अन्त्यतिर भिनसियसले गोल गर्दा रियल हारबाट जोगिएको हो ।

उनले लुकास भजक्वेजको पासमा ८९औं मिनेटमा गोल गर्दै खेल बराबरी गरेका थिए ।त्यसअघि खेलको ५५औं मिनेटमा क्रिस्टियन पोर्टुले गोल गर्दै सोसिडाडलाई अग्रता दिलाएका थिए । तर अन्तिम समयमा सोसिडाडले अग्रतालाई कायम राख्न नसक्दा ३ अंक जोड्न सकेन ।

रियलका लागि एक सयौँ खेल पूरा गरेको भिनसियसले १२औं गोल गरेका हुन् । भिनिसियले रियलका लागि एक सय खेल पूरा गर्नु आफ्नो लागि विशेष भएको बताए ।

बराबरीपछि रियलले बार्सिलोनालाई पछि पार्दै दोस्रो स्थानमा उक्लने र एट्लेटिको मड्रिडसँग अंकदी कम गर्ने अवसर गुमायो ।यस बराबरीसँगै रियलले २५ खेलमा ५३ अंक जोडेको छ ।

बार्सिलोना समान ५३ अंक जोडे पनि रियल गोलअन्तरमा पछि छ र तेस्रो स्थानमै यथावत छ । बार्सिलोना र यलले समान २५ खेल खेलेका छन् ।एक खेल कम खेलेको एट्लेटिको ५८ अंकसहित शीर्ष स्थानमा छ ।२५ खेलबाट ४२ अंक जोडेको सोसिडाड पाँचौं स्थानमा छ ।

 

प्रतिक्रिया दिनुहोस