मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य योगेशकुमार भट्टराईले सञ्चारमाध्यम एवं पत्रकारिता सधैँ लोकतान्त्रिक गणतन्त्र र संविधानका पक्षमा हुनुपर्नेमा जोड दिएका छन् ।
नेकपा निकट प्रेस सङ्गठन नेपालका इञ्चार्ज भट्टराईले हेटौँडामा आयोजित सङ्गठनको दोस्रो प्रादेशिक भेलालाई आज सम्बोधन गर्दै सरकारी सञ्चारमाध्यमले पनि आलोचनात्मक भूमिका निर्वाह गर्न सक्नुपर्ने बताए ।
कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्यद्वय क्रमशः मुनु सिग्देल र ओम ग्लानले पत्रकार पूर्ण स्वतन्त्र र राज्यप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिए । प्रेस सङ्गठनका सहइञ्चार्ज ओम शर्मा र सहसंयोजक विष्णु रिजालले मुलुकमा पूर्ण प्रेस स्वतन्त्रता आवश्यक रहेको बताए ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, १७ फागुन २०७७, १६ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारले शिक्षामा लगानी गर्ने वातावरण बनाएन् : योगेश भट्टराई
पूर्वी जिल्लामा अति आवश्यकीय बस्तुको सरकारले तत्काल व्यवस्था गर्नुपर्छ : योगेश भट्टराई
वायुसेवा निगममा कर्मचारी थप्नु आमाको रगत खानु जस्तै हो : योगेशकुमार भट्टराई
मधेसका मुख्यमन्त्रीलाई शंकाको सुविधा दिएर विश्वासको मत : योगेशकुमार भट्टराई
प्रहरीले बोलाएपछि जोसुकैले पनि बयान दिन जानुपर्छ : योगेश भट्टराई
सांसद योगेशकुमार भट्टराईले भने–वर्तमान सरकारले अर्थतन्त्र उकास्न सक्दैन