काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज विभिन्न कार्यक्रममा सहभागी हुन पोखरा जान थालेका छन् । नेकपा ओली पक्षको प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला तथा विभिन्न कार्यक्रमलाई सम्बोधन गर्न प्रधानमन्त्री ओली पोखरा जान लागेका हुन् ।
प्रधानमन्त्री ओली जहाजमार्फत् सोमबार ११ बजे पोखरा पुग्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री ओलीले आजै गण्डकी प्रदेश सरकारले बनाउन लागेको प्रदेश प्रशिक्षण प्रतिष्ठान भवनको शिलान्यास पनि गर्ने कार्यक्रम छ ।
पोखरा सभाकक्षमा कार्यकर्ता भेलालाई सम्बोधनपछि प्रधानमन्त्री ओली पोखरा रंगशाला जाने कार्यक्रम छ । त्यहाँ उनले निर्माणाधीन अन्तर्राष्ट्रिय फुटबल स्टेडियमसहित भलिबल कोर्ट, क्रिकेट मैदान, ब्याडमिन्टन हल, बहुउद्देश्यीय कभर्ड हल, टेनिस कोर्टलगायत खेल पूर्वाधारको निरीक्षण गर्नेछन् ।
प्रधानमन्त्री ओली आइतबार पनि विभिन्न कार्यक्रममा सहभागी हुन झापा पुगेका थिए। उनले त्यहाँ औद्योगिक पार्क र विभिन्न पुल उद्घाटन तथा शिलान्यासका कार्यक्रम गरेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १७ फागुन २०७७, ०९ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओलीसँग रुसी प्रमण्डलको शिष्टाचार भेट
गैरआवासीय नेपाली संघलाई एकताबद्ध, मर्यादित र उद्देश्यकेन्द्रित बनाउन प्रधानमन्त्रीको आग्रह
हामीले भारत-पाकिस्तानलाई संयमित हुन आग्रह गर्यौँ, नभन्दै युद्ध रोकियो: प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली लुम्बिनीमा
नयाँ ढङ्गले मल कारखाना खोलिनेछ : प्रधानमन्त्री ओली
‘पूर्वाधार क्षेत्रका सबै परियोजनाको पुनः प्राथमिकीकरण गरिएको छ’: प्रधानमन्त्री ओली