प्रधानमन्त्री ओलीको शिलान्यास मोह !

आफ्नै कार्यालय सिंहदरबार टेक्ने फूर्सद नपाएका प्रधानमन्त्री ओली सस्तो प्रचारबाजीका लागि देशब्यापी शिलान्यास मोहमा रमाउन थालेका छन्

सफल खबर संवाददाता

सोमबार, १७ फागुन २०७७, ०८ : ५७
प्रधानमन्त्री ओलीको शिलान्यास मोह !

काठमाडौं । ‘काम कुरो एकातिर कुम्लो वोकी ठिमीतिर’ भनेझै प्रधानमन्त्री केपी ओली अहिले देश दौडाहामा छन् । केही समय अगाडीसम्म सरकारी स्रोत÷सधानको चरम दुरुपयोग गरी आफ्नो गुटको प्रचार र आफ्नो असम्वैधानिक कदम (प्रतिनिधीसघा विघटन) को बचाउका लागि दौडादौड गरिरहेका ओली अहिले फेरि नयाँ शैलीमा देश दौडाहा गरिरहेका छन् ।

उनी अहिले शिलान्यासका कार्यक्रममा केन्द्रीत हुन थालेका छन् । कुनै योजना बन्ने नबन्ने ठेगान छैन् । उनले रेल चल्ने कुरा दुई वर्ष अगाडी नै गरेका थिए । रेल कार्यालयको शिलान्यास गरेर टिकट काटन पुस १६ मा लाइन लाग्न उनले भनेकै दुई वर्ष भईसक्यो । न त रेल मा सर्वसाधारणले टिकट काटेर चढ्न पाएका छन, न रेलमार्ग नै बनेको छ । उनले आफनो चरम चाकडीमा लाग्ने र प्रचण्ड माधव नेपाललाई सार्वजनिक गालीगलौजमा उत्रने गुरु भट्टराईहरुलाई नियुक्ति दिलाउने काम गरे ।

उनले शिलान्यास गरेर जनताको आँखामा छारो हाल्ने बाहेक केही गरेनन् । तीन दिन अगाडी सुदुरपश्चिममामा गएर औद्योगिक क्षेत्रको शिलान्यास गरेका ओलीले हिजो मात्रै गृहजिल्ला झापा पुगेर  चीन नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यास गरेका थिए । आजै मात्र पनि उनी पोखरा पुग्दैछन् । त्यहाँ उनले गण्डकी प्रदेश सरकारले नदीपुरमा निर्माण गर्न लागेको प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवन शिलान्यास गर्ने छन् ।

उनको तर्क र अहिले शिलान्यासका नाममा सरकारी स्रोत साधनको दुरुपयोग गर्दै कुद्ने उनको बानी त्यही मिसन अन्तर्गतको हो । १० महिनासम्म बालुवाटारबाट सिंहदरबारको दैलो नटकेका उनले फागुन ३ मा आफ्नो सरकारको तीन वर्ष आयु पूरा भएको बेला मात्र सिंहदरबार टेकेका थिए । त्यसपछि सिंहदरबारको आफ्नै कार्यकक्ष नटेकी बालुवाटार निवासलाई नै कार्यालय बनाएका ओलीको दौडधुप निम्ने बेलाको उज्यालो भनेजस्तै मात्र भएको टिप्पणी राजनीतिक वृत्तमा हुन थालेको छ ।

ओलीली सुविधाजनक बहुमत सहित झण्डै दुई तिहाईको सरकार सञ्चालन गर्न पाउदा सम्म तीन वर्ष त्यक्तिकै बिताए । उनले विकास र समृद्धिको नारालाई केवल गफमै बिताए । न उनले नारा अनुसारको ‘सुखी नेपाली समृद्ध नेपाल’ बनाउन कुनै पहल लिए, न पार्टीको चुनावी घोषणा अनुसार नै अगाडी बढे । तर उनले अहिलेसम्म हुन नसकेको विकास भएको, वर्षदिनमा पिच हुन नसकेको सडक बाटो एकै दिनमा पिच हुन थालेको हावादारी गफ दिन छोडेका छैनन् ।

आफ्नै गृहजिल्ला झापामा पुगेर सम्म उनले अद्धितिय विकास भएको दाबी गरिरहे । कही पनि जनताले दःुख पाएर बासको फड्के तरेर दुःखमा यात्रा गर्नुनपर्ने बताएका ओलीले आफ्नै गृहजिल्लामा बासको फड्केबाट ठूलो खोला तरेर जनताले यात्रा गरिरहेको देख्न र सुन्न चाहदैनन् । उनको मिसन अहिले विकास भए होस, नभए नहोस्, तर आफ्नो नाम शिलान्यासमा लेख्ने गरी जताततै शिलान्यासमा दौड्ने बन्न पुगेको छ । मेरो पालामा शिलान्यास भएको भनेर आत्मरतीमा रमाउने गरी उनी दौडिरहेका छन् । व्यवहारिक विकास उनलाई मतलब छैन् । भए होस, नभए नहोस आफ्नो नाम लेखाउने र शिलान्यास गर्ने योजनामा उनी कुदेका छन् ।

चितवनमा पनि उनले केही अगाडी महानगरपालिकालाई पत्तो नदिई र महानगरले शुरु गरेको काम आफैले गर्न खोजेको जसरी तामझामका साथ शिलान्यास गर्न पुगेका थिए । अदालत सम्मले उनको कदमलाई गैह सम्वैधनिक भनी वदर गरिदिदा समेत नैतिकता का आधारमा राजीनामा लेख्नुपर्ने ओली राजीनामा नै नलेख्ने भन्दै सत्ताका अति लालची बनेर उभिरहेका छन् । देश भाडमा जाओस्, स्थिरता भाडमा जाओस उनका लागि सत्ता मात्र प्यारो बन्न पुगेको छ । अहिले ओली जनताका आँखामा झारो हालेर बनिबनाउ कुरा गरेर छलकपटीबाट राजनीति गर्न खोजिरहेका छन् ।

उनको तर्क र अहिले शिलान्यासका नाममा सरकारी स्रोत साधनको दुरुपयोग गर्दै कुद्ने उनको बानी त्यही मिसन अन्तर्गतको हो । १० महिनासम्म बालुवाटारबाट सिंहदरबारको दैलो नटकेका उनले फागुन ३ मा आफ्नो सरकारको तीन वर्ष आयु पूरा भएको बेला मात्र सिंहदरबार टेकेका थिए । त्यसपछि सिंहदरबारको आफ्नै कार्यकक्ष नटेकी बालुवाटार निवासलाई नै कार्यालय बनाएका ओलीको दौडधुप निम्ने बेलाको उज्यालो भनेजस्तै मात्र भएको टिप्पणी राजनीतिक वृत्तमा हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस