ब्राउन सुगरसहित न्यायाधीशकी श्रीमती पक्राउ

पत्रपत्रिकाबाट

सोमबार, १७ फागुन २०७७, ०७ : ५४
ब्राउन सुगरसहित न्यायाधीशकी श्रीमती पक्राउ

काठमाडौं । लागुऔषध कारोबार गरेको आशंकामा प्रहरीले दाङमा न्यायाधीशकी श्रीमतीलाई नियन्त्रणमा लिएको छ।  उच्च अदालत सुर्खेत जुम्ला इजलाशका न्यायधीश मदन पोख्रेलकी श्रीमती तुलसालाई प्रहरीले आईतबार दिउँसो तुलसीपुरबाट ब्राउन सुगर जस्तै देखिने लागुऔषध सहित नियन्त्रणमा लिएको हो। तुलसा न्यायधीस मदनकी कान्छी श्रीमती हुन्।

तुलसालाई तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ रतननाथ टोल स्थित उनकै निवासबाट नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ। उनको घरमा पार्किङ गरेर राखिएको स्कुटरको ‘डिक्की’मा २ ग्राम २२ मिलिग्राम ब्राउन सुगर जस्तै देखिने बस्तु फेला परेको प्रहरीले जनाएको छ। साथै योसंगै लागुऔषध जोख्ने सानो तराजु समेत फेला परेको प्रहरीले जनाएको छ।  

तुलसालाई ईलाका प्रहरी कार्यालय तुलसीपुरको नियन्त्रणमा राखिएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक प्रसाद शर्माले ब्राउन सुगर जस्तै देखिने लागु औषध सहित तुलसीपुरकी तुलसा पोख्रेल पक्राउ परेको तर उनको पारिवारिक अवस्थाबारे भने आँफूलाई थाहा नभएको बताए । 

‘तुलसीपुरमा ब्राउन सुगर जस्तो देखिने बस्तु सहित तुलसा पोख्रेल नाम गरेकि महिला पक्राउ परेको साँचो हो,’ उनले भने ‘तर ति महिलाको पारिवारिक घराना के कस्तो हो रु भन्ने बारेमा चाहिँ हामीलाई एकिन थाहा भएन ।’ उनका अनुसार तुलसाले आफ्नो स्कुटरमा लागु औषध ब्राउन सुगर राखेको प्रहरीलाई पूर्व सूचना मिलेको थियो । सोही सूचना अनुसार प्रहरी उनको घर पुगेको थियो । ‘ति महिलासँग ब्राउन सुगर रहेको भन्ने पूर्व सूचना प्रहरीलाई थियो,’ डिएसपी रिजालले भने ‘सोही सूचनाका आधारमा ति महिलाको घरमा पुगेको प्रहरी टोलीले स्कुटरमा यो बस्तु फेला पारेको हो।’ नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस