शारदानगरमा खानेपानीका लागि चार पक्षबीच वित्तीय सम्झौता

सफल खबर संवाददाता

आइतबार, १६ फागुन २०७७, १६ : ५७
शारदानगरमा खानेपानीका लागि चार पक्षबीच वित्तीय सम्झौता

चितवन । शारदानगर खानेपानी तथा सरसफाइ आयोजना कार्यान्वयन गर्ने सम्बन्धमा आयोजना व्यवस्थापन कार्यालय, नगर विकास कोष, भरतपुर महानगरपालिका र शारदानगर जागृति खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाबीच आइतबार वित्तीय सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

वित्तीय सम्झौतापत्रमा आयोजना व्यवस्थापन कार्यालयका आयोजना निर्देशक रामकुमार श्रेष्ठ, नगर विकास कोषका प्राविधिक सहयोग अधिकृत सुवासराज पन्त, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र शारदानगर जागृति खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाकी अध्यक्ष सन्तमाया गुरुङले हस्ताक्षर गरेका हुन् ।

भरतपुर महानगरपालिका १९, शारदानगरमा खानेपानी आयोजना निर्माण गर्न लागिएको हो । सम्झौताका साक्षीमा वडाध्यक्ष कर्णबहादुर गुरुङ र महानगरका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रप्रसाद पौड्याल रहेका छन् ।

वित्तीय सम्झौतापछि संक्षिप्त प्रतिक्रिया दिँदै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नगरवासीलाई गुणस्तरीय र शुद्ध पिउने पानी प्रदान गर्न महानगर योजनाबद्ध ढङ्गले अगाडि बढिरहेको बताइन् । संविधानले शुद्ध पिउने पानीलाई नागरिकको नैसर्गिक अधिकारको रूपमा लिएको बताउँदै उनले सोहि बमोजिम महानगरपालिकाले काम अगाडि बढाइरहेको जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस