झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबन्धित नेकपा विप्लव समूहसँग चाँडै वार्ता गर्ने बताएका छन् । आइतबार झापामा नेपाल–चीन मैत्री औद्योगिक पार्क शिलान्यास समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
‘तपाईंहरुलाई खुशीको खवर छ । अब शान्तिको सम्बन्धमा अलिअलि समस्या रहेको ठानिएको विप्लव समूहको समस्याको पनि हामी छिट्टै वार्ताद्वारा समाधान गर्नेर्छौ’, प्रधानमन्त्री ओलीको भनाई छ ।
उनले भने, ‘तपाईंहरुले घर बसिबसिकन समस्या समाधानको भव्य कार्यक्रम टेलिभिजनबाट देख्नुहुनेछ ।’ सो क्रममा प्रधानमन्त्री ओलीले ५ बर्षभित्र नेपाल विकासशिल राष्ट्रको सूचीमा पर्ने पनि बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ फागुन २०७७, १६ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टी एकता जोगाउन खनाल–नेपालसहित १५ नेताको सयुक्त अपिल
राष्ट्रिय सभाको उपनिर्वाचन जेठ ६ मा
रिक्त राष्ट्रियसभा सदस्यका लागि जेठ ६ गते उपनिर्वाचन हुने
वार्ताबाट निस्केपछि नेपालले भने, ‘म बोल्दिन, बोल्नुपर्ने गरी केही प्रगति भएको छैन’
ओली-नेपालको वार्ता डेढ घन्टामै सकियो
धरहरा हेर्दाहेर्दै होला त आइसब्रेक !