काठमाडौं । इटालियन सिरी ए साविक विजेता युभेन्ट्स हेलास भेरोनासँग बराबरीमा रोकिएको छ ।शनिबार राति भएको खेलमा युभेन्ट्सले हेलास भेरोनासँग १/१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
भेरोनाको मैदानमा एक गोलको अग्रता जोगाउन नसक्दा युभेन्ट्सले अंक बाड्न बाध्य भयो ।पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ४९औं मिनेटमा क्रिस्टियानो रोनाल्डोको गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए ।
तर, ७७ औं मिनेटमा हेलास भेरोनाका एन्टोनियो बाराकले बराबरी गोल फर्काउँदै युभेन्ट्सलाइ जितबाट बन्चित गराए ।यस बराबरीपछि युभेन्ट्स लिग लिडर इन्टरभन्दा ७ अंकले पछि परेको छ । २३ खेलबाट ४६ अंक जोडेको युभेन्टस तेस्रो स्थानमा यथावत छ ।
समान खेलबाट ५३ अंकसहित इन्टर पहिलो र ४९ अंकसहित एसी मिलान दोस्रो स्थानमा छ ।भेरोना ३५ अंकसहित नवौं स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ फागुन २०७७, ११ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आईपीएल : बेंगलोरको लगातार तेस्रो जित
मेस्सीको नाममा अर्को कीर्तिमान
त्रिकोणात्मक सिरिजमा नेदरल्याण्ड्सले मलेसियालाई हरायो
नेदरल्यान्ड्सले मलेसियाविरुद्ध टस जितेर फिल्डिङ रोज्यो
एफसी चितवनले भित्र्यायो फ्रेन्च सर्बियन खेलाडी गोरन जेर्भिक
बार्सिलोनालाई कोपा डेल रेको उपाधी