महिला मात्र बस्ने अनौठो टापु जहाँ पुरुषलाई प्रतिबन्ध !

एजेन्सी

शनिबार, १५ फागुन २०७७, १३ : २७
महिला मात्र बस्ने अनौठो टापु जहाँ पुरुषलाई प्रतिबन्ध !

फिनल्याण्ड । बेला बेलामा संसारमा विभिन्न ठाउँ का अनौठा घटनाहरु देख्न र सुन्न पाइन्छन् । तपाइँले दुनियाको यस्तो कुनै ठाउँको बारेमा सुन्नुभएको छ, जहाँ केवल महिला मात्र जान सक्दछन् ? महिला मात्र जाने र पुरुषका लागि जान बन्देज रहेको एउटा टापु छ यो दुनियामा ।

उक्त टापुको नाम हो– सुपरशी टापु । बाल्टिक समुद्रमा रहेको फिनल्याण्डको उक्त टापु ८.४७ एक्कड क्षेत्रफलमा फैलिएको छ । अमेरिकाकी एक धनाढ्य महिला क्रिस्टिना रोथले उक्त टापु किनेकी छिन् ।

क्रिस्टिनका यस्तो ठाउँको खोजी थिइन् जहाँ महिलाहरु आरामसँग छुट्टी मनाउन सकून् र कुनै समस्या नपरोस् । यो टापु त्यस्तै स्वप्निल ठाउँ हो । त्यहाँ महिलाहरुलाई फिटनेश, पोषण तथा अन्य सबैखाले दैनिक आवश्यकताका चिजबिजहरु प्राप्त हुनेछन् ।

भागदौडबाट मुक्त भएर महिलाहरु उक्त टापुमा समय बिताउन पाउनेछन् । यो टापुमा एउटा रिसोर्ट छ । उक्त रिसोर्टको निर्माण सम्पन्न हुनै आँटेको छ । रिसोर्ट ४ वटा क्याबिन हुनेछन् र ती क्याबिनमा १० जना महिला आरामसँग बस्न सक्नेछन् । उक्त रिसोर्टको बुकिङ खुल्ला भैसकेपछि केवल महिलाहरुले मात्र त्यहाँ कोठा बुक गर्न पाउनेछन् ।

रिसोर्टका कोठा बुक गर्नका लागि केवल पैसा तिरेर मात्र पुग्नेछैन ग्राहकहरुले स्काइपीको माध्यमबाट अन्तरवार्ता नै दिनुपर्नेछ । उक्त टापु तथा रिसोर्टकी मालिकनी क्रिस्टिना रोथ टापुमा पुरुषलाई प्रतिबन्ध लगाउनुको अन्य कुनै कारण नभएको र आफूलाई पुरुषहरुप्रति घृणा नभएको बताउँछिन् ।

भविष्यमा पुरुषहरुका लागिसमेत उक्त टापु खुल्ला हुनसक्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस