काठमाडौ । गृह मन्त्रालयले सहसचिव र उपसचिव गरी ५२ जनाको सरुवा र पदस्पथापन गरेको छ । जसमा ४० भन्दा बढी जिल्लाका प्रमुख जिल्ला अधिकारी र केही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी पनि सरुवा भएका छन् । मन्त्रालयले सहसचिव र उपसचिव गरी ५२ जनाको सरुवा र पदस्पथापन गरेको हो । जसमा ४० भन्दा बढी जिल्लाका प्रमुख जिल्ला अधिकारी र केही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी पनि सरुवा भएका छन् ।
गृह मन्त्रालयले चितवनका नयाँ प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीको पठाएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्राईलाई सलार्ही सरुवा गरेको छ भने चितवनमा गृह मन्त्रालयबाट प्रेमलाल लामिछानेलाई पठाईएको छ । उनलाई मन्त्रालयबाट काजमा चितवनमा प्रमुख जिल्ला अधिकारीका रुपमा पठाएको मन्त्रालयले जनाएको छ । त्यस्तै चितवनमा बर्दीया बाट लिलाधर अधिकारीलाई सहायक प्रमुख जिल्ला अधिकारीका रुपमा पठाएको छ । मन्त्रालयले सार्वजनिक गरेको सुचनामा चितवनका सहायक प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको भने छैन् ।
चितवनमा दुई सहायक प्रमुख जिल्ला अधिकारीको दरबन्दी रहेको छ । मन्त्रालयले चितवनमा रहेका सहायक प्रमुख जिल्ला अधिकारीको सरुवा नगरी १ जना पठाएपछि ३ जना सहायक प्रमुख जिल्ला अधिकारी रहने स्थीती सृजना भएको जिल्ला प्रशासन कार्यालयका अधिकारीहरुले बताएका छन् । गृह मन्त्रालयले एकै साथ सहसचिव र उपसचिव गरी ५२ जनाको सरुवा र पदस्पथापन गरेको छ । जसमा ४० भन्दा बढी जिल्लाका प्रमुख जिल्ला अधिकारी र केही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी पनि सरुवा भएका छन । शुक्रबार गृहमन्त्री रामबहादुर थापाले मन्त्रीस्तरीय निर्णयबाट सिन्धुली, बागलुङ, गोरखा, सिन्धुपाल्चोक, सुनसरी, कास्की, इलाम, सल्यान, कैलाली, उदयपुर, दैलेख, चितवन, सर्लाही, दाङ, महोत्तरी, सप्तरी, ओखलढुंगालगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारी सरुवा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ फागुन २०७७, १६ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
होटेल-रेष्टुरेन्टको अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन
गृह मन्त्रालयद्वारा हुम्ला-बाजुरा सीमा क्षेत्रमा भएको घटनाबारे छानबिन टोली गठन
सि चिनफिङको पुस्तक जलाउने घटनामा छानबिन गरी दोषीमाथि कारवाही गर्न गृहको निर्देशन
इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय
गृह मन्त्रालयको नियन्त्रण कक्षबाट देशभरको निर्वाचन सुरक्षा गतिविधि अनुगमन
निर्वाचनको सम्पूर्ण तयारी पूरा : गृह मन्त्रालय