काँग्रेस नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात, शल्यक्रियाको तयारी

सफल खबर संवाददाता

शुक्रबार, १४ फागुन २०७७, ११ : ३९
काँग्रेस नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात, शल्यक्रियाको तयारी

काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ । उनको पारिवारिक स्रोतका अनुसार उनको स्वास्थ्यमा समस्या देखिएपछि गएराति वीर अस्पताल लगिएको थियो ।

उनलाई थप उपचारका लागि आज बिहानै नर्भिक अस्पतालमा भर्ना गरिएको छ । जोशीको पारिवारिक स्रोतका अनुसार मस्तिष्कमा रगत जमेको हुनाले उनको शल्यक्रियाको तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस