विश्वचर्चित यी सुन्दरीले गर्ने भइन बिहे

सोमबार, १३ कार्तिक २०७४, १९ : ४१
विश्वचर्चित यी सुन्दरीले गर्ने भइन बिहे

अमेरिकी पप गायिका सेलेना गोमेज उनका प्रेमी र्‍यापर द विकेन्डले छिट्टै विवाह बन्धनमा बाधिने भएका छन ।लगातारको डेटिङपछि उनका प्रेमी विकेन्डले जीवनमा केही नयाँ योजना बनाएको बताएका हुन । विकेन्डले सेलेनाप्रति निकै समर्पित भएको, आफ्नो मनले खोजेजस्तो गर्लफ्रेन्ड पाएको भन्दै उनीहरुबीच छिट्टै विवाह गर्न चाहेको बताएकी हुन ।

केही साताअघि किड्नी प्रत्यारोपण गरेकी सेलेना अहिले आराम गरिरहेकी छन् ।यता प्रेमी विकेन्ड आफ्नो वर्ल्ड टुरको समापनको तरखरमा छन् । यो टुर सकिनेबित्तिकै सेलेनालाई विवाहको प्रस्ताव राख्ने उनले बताएका छन् ।

उनले नयाँ वर्षको पूर्वसन्ध्यामा सेलेनालाई आफ्नो बनाउने सोचमा रहेको पनि जनाएका छन् । किड्नीमा समस्या भएपछि गत मे महिनामा सेलेनाकी बेस्ट फ्रेन्ड २९ वर्षीया फ्रेन्सिया रेजाले किड्नी दान गरेपछि उनले नयाँ जीवन पाएकी हुन् । उनी द विकेन्डको सांगीतिक कार्यक्रम हेर्न गएको समयमा बिरामी भएकी थिइन् ।

सेलेनालाई अप्ठ्यारो परेका बेला वल्र्ड टुरको कारण उनीसँगै रहन नपाएकोमा विकेन्डले चिन्ता व्यक्त गरेका थिए । टाढा भए पनि सेलेनाको प्रत्येक पल ख्याल गरिरहेको र पनि उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस