प्रधानमन्त्री ओलीले बालुवाटारमा बोलाए स्थायी समिति बैठक

सफल खबर संवाददाता

बुधबार, १२ फागुन २०७७, ०८ : १४
प्रधानमन्त्री ओलीले बालुवाटारमा बोलाए स्थायी समिति बैठक

काठमाडौं । प्रधानमन्त्री केपी ओली आफ्नै अहंकार र भष्मासुर प्रवृत्तिका कारण सरकारको बागडोर सम्हाल्न पुगेको तीन वर्षमै नराम्ररी थचारिएका छन् । असम्वैधानिक रुपमा प्रतिनिधीसभा विघटन गरेर आफु अनुकुल देशको संविधानलाई समेत हत्या गर्न खोजेका ओली प्रवृत्तिलाई सर्वाेच्चले प्रतिनिधीसभा पूर्नस्थापनाको एतिहासिक निर्णय गरेर अवसान गरिदिएपछि अब ओलीले के गर्लान् ? भन्ने प्रश्न चौतर्फी उठेको छ ।

नैतिकता हुँदो हो भने ओलीले हिजै प्रतिनिधीसभा पूर्नस्थापनाको सर्वाेच्चको निर्णयपछि प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने हो । तर ओलीको जीवनमा नैतिकता भन्ने शब्दकोष नै देखिदैन् । उनका प्रेस सल्लाहकारले संसदमै ओलीले सामना गरेर अदालतको निर्णयको कार्यान्वयन गर्ने वताएर राजीनामा नदिने प्रष्टाईसकेका छन् । तर उनले यो भनेर मात्र धर पाउने छैनन् । ओलीले विकसित घटनाक्रमका विषयमा छलफल गर्न अहिले बिहान ११ बजे आफु पक्षिय स्थायी समितिको बैठक बोलाएका छन् । अनेपक्षित फैसला आएपनि सर्वाेच्चको निर्णयलाई स्वीकार गर्ने बताइसकेको यो पक्षले प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे स्थायी समितिको बैठक बोलाएको हो ।

‘११ बजे हामी छलफलमा बस्दैछौं, प्रधानमन्त्री एवंम पार्टी अध्यक्षले स्थायी समिति वैठक बोलाउनु भएको छ,’ ओली पक्षका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सफलखबरसँग भने,–‘त्यसपछि नै हामी सर्वाेच्च अदालतको निर्णयपछिको विकसित घटनाक्रमका बारेमा पार्टीको धारणा तय गर्छौ ।’ प्रारम्भिक रुपमा अदालतको फैसलालाई अनेपक्षित भएको बताएको ओली पक्षले स्थायी समितिबाट अबको राणनीति तय गरिने बताएको छ । ओली पक्षको १६ जना स्थायी समिति सदस्य छन् । कतिपय स्थायी समिति सदस्यले अदालतको यो निर्णयपछि प्रधानमन्त्री ओलीले राजीनामा दिएर बाटो खोलिदिनुपर्ने पक्षमा देखिएका छन् ।

तर ओलीका अगाडी उनीहरुले त्यसरी आफ्नो मत राख्न सक्ने हैसियत देखिदैन् । ओलीको पार्टीमा ओलीलाई महाराजा झै ठान्ने र उनका गलत कदममा खबरदारी गर्न सक्ने ल्याकत रहेका कुनै नेता छैनन् । ओलीले जे भन्यो, त्यही नै ओलीको पार्टीको औपचारिक निर्णय जस्तो हुने गरेको छ । त्यही भएर पनि उनले के निर्णय लिन्छन, त्यही पार्टी निर्णय मानेर जानुपर्ने बाध्यात्मक परिस्थितीमा ओली पक्षका नेता देखिन्छन् ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले एक साता अगाडी मात्रै एपीवान टेलिभिजनलाई अन्र्तवार्ता दिदा संसद पूर्नस्थापना भए प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिएर जाने र जानुपर्ने बताएका थिए । तर ज्ञवाली अहिले पूर्नस्थापना पछि भने ओलीका सामुन्ने राजीनामाको विषय उठाउने हैसियतमा छैनन् । ओलीको भूलभूलैयामा लागेर उतापटि लागेका पूर्व माओवादी धारका नेताहरु भने अहिले विक्षिप्त बन्न पुगेका छन् । ओलीले अदालत देखि निर्वाचन आयोग, अख्तियार देखि सम्पूर्ण राज्य संन्यत्रमा आफनो सेटिङ मिलाएर सरकार सञ्चालन गरिरहेकोले अदालत देखि सबैका निर्णय ओलीकै पक्षमा आउने विश्वास ति नेताहरुमा थियो ।

तर अदालतले ओलीको प्रतिगमनका विरुद्ध संविधानलाई बचाउने गरी ऐतिहासिक निर्णय दिएपछि पूर्व माओवादी धारका नेताहरु भने विक्षिप्त अवस्थामा पुगेका छन् । उनीहरु कसैले पनि केही प्रतिक्रिया दिन चाहिरहेका छैनन् । ओलीले बिहान ११ वजे बालुवाटारमा बोलाएको बैठकपछि अब पार्टी कसरी जाने भन्नेमा निर्णय लिने सम्भावना छ ।

ओलीका सामुन्ने अब राजीनामा नदिने हो भने संसदमै अविश्वास प्रस्तावको सामना गर्नुपर्ने देखिन्छ । संसदमा उनी अल्पमतमा पर्नेछन् । नेकपामा उनीसँग केन्द्रीय कमिटिमा ४० प्रतिशत सदस्य पनि छैन् । पार्टी विभाजन हुँदा केन्द्रीय समिति र संसदमा ४० प्रतिशत सदस्य हुनुपर्ने प्रवाधान छ ।

तर ओलीसँग त्यो संख्या पुग्दैन पार्टी विभाजनका लागि । त्यसकारण उनले अहिले प्रधानमन्त्री रहेकै अवस्थामा दल विभाजनको कानुन अध्यादेश ल्याएर आफ्नो लागि पार्टी खोल्ने सहज बाटो बनाउन सक्नेछन् । यस विषयमा पनि ओलीको स्थायी समिति वैठकमा छलफल हुने सम्भावना रहेको नेताहरुले वताएका छन् ।
 

प्रतिक्रिया दिनुहोस