सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै राजधानीमा दीप प्रज्ज्वलन

सफल खबर संवाददाता

मंगलबार, ११ फागुन २०७७, १९ : २७
सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै राजधानीमा दीप प्रज्ज्वलन

काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेपछि काठमाडौंमा दिप प्रज्जवल गरिएको छ । राजधानीको शान्तिवाटिका र माइतीघर मण्डलामा प्रचण्ड–माधव समुहका नेता कार्यकर्ताले दिप प्रज्ज्वलन गरेका छन् ।

Yeti Diistillery Tansen Cement box

सर्वोच्च अदालतको संवैधानिक इजालासले पुस ५ गते सरकारले गरेको उक्त निर्णयलाई असंवैधानिक ठहर गर्दै बदर गरेको खुसियालीमा नेकपा दाहाल(नेपाल समूह निकट अनेरास्ववियु, कांग्रेस निकट नेविसंघ, विवेकशीलले दीप प्रज्ज्वलन गरेका हुन् ।

यस्तै, रत्नपार्कको शान्ति वाटिकामा नेकपा दाहाल(नेपाल समूह निकट अनेरास्ववियूले पनि सर्वोच्चको निर्णयलाई स्वागत गर्दै दीप प्रज्ज्वलन गरेको छ ।