मातृभाषा बलियो भएमात्रै देश बलियो हुन्छ : पर्यटनमन्त्री ढकाल

रासस

सोमबार, १० फागुन २०७७, १९ : ५७
मातृभाषा बलियो भएमात्रै देश बलियो हुन्छ : पर्यटनमन्त्री ढकाल

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले मातृभाषा र मौलिकता बलियो भयो भनेमात्र देश बलियो हुने बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय मातृभाषा दिवस–२०२१ को सन्दर्भमा नेपाल प्रज्ञा–प्रतिष्ठानले युनेस्को काठमाडौँसँगको सहकार्यमा आज यहाँ आयोजना गरेको ‘मातृभाषा र मातृभाषा साहित्यसम्बन्धी’ विचार गोष्ठीमा उहाँले मातृभाषाको महत्वलाई जनस्तरसम्म पु¥याइनुपर्नेमा जोड दिनुभयो ।

मन्त्री ढकालले गोष्ठीमात्र गर्नेभन्दा जनस्तरमा मातृभाषाको कार्यक्रम लैजानु राम्रो हुने र त्यस कार्यमा सरकारले सहयोग  गर्ने बताउनुभयो । उहाँले एक दिनमात्र सम्झौँभन्दा पनि वर्षैभरि अभियानका रुपमा मातृभाषाको संरक्षणका लागि काम गर्नुपर्ने खाँचो औँल्याउनुभयो ।

मन्त्री ढकालले मातृभाषाका कारण कतिपय देशहरु जन्मिएको बताउँदै त्यसको उचित संरक्षण र प्रवद्र्धन गर्न नसक्दा त्यस्ता देशहरुको अस्तित्व नै मेटिने खतरा औँल्याउनुभयो ।

प्रतिक्रिया दिनुहोस