संसद विघटनबारे अदालतले अन्तिम निर्यय गर्न बाँकी हुँदा प्रधान सेनापति र प्रधान न्यायाधीशको भेट

सफल खबर संवाददाता

सोमबार, १० फागुन २०७७, १५ : ३८
संसद विघटनबारे अदालतले अन्तिम निर्यय गर्न बाँकी हुँदा प्रधान सेनापति र प्रधान न्यायाधीशको भेट

file photo

काठमाडौँ । नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापाले सर्वोच्च अदालतका प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरालाई आज दिउँसो भेटेका छन् । 

सर्वोच्च अदालतको नयाँ भवन सेनाको जग्गामा बनाउन लागेको विषयमा छलफलको लागि प्रधान न्यायाधीश जबराले प्रधान सेनापति थापालाई बोलाएर भेट गरेका हुन् । 

संसद विघटनबारे सर्वोच्च अदालतले अन्तिम निर्णय दिन बाँकी रहेको समयमा भएको यो भेटलाई अर्थपूर्णरुपमा लिइएको छ । 

‘सर्वोच्च अदालतको पछाडिपट्टी सर्वोच्चको जग्गा छ । त्यो जग्गामा सेनाले भौतिक संरचना बनाएकोमा सर्वोच्चले हटाउन भनेपछि यही विषयमा कुराकानीका लागि प्रधानसेनापति सर्वोच्च आउनु भएको हो’, सर्वोच्च अदालत स्रोतले भन्यो । सोमबार दिउँसो थापालाई राणालाई भेट्न थापा उनको कार्यकक्षमै पुगेका थिए । 

कतिपयले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा फैसला अन्तिम चरणमा पुगेको बेला प्रधानन्यायाधीश र सेनाका प्रमुखबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरेपनि सर्वोच्च स्रोतले भने यसबारे कुनै कुराकानी नभएको स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस