एजेन्सी । पाकिस्तानले अमेरिकालाई भारत–पाकिस्तान वार्ताको वातावरण बनाउनका लागि भूमिका निर्वाह गर्न आग्रह गरेको छ ।
दक्षिण एसियाली क्षेत्रमा शान्ति स्थापनाका लागि आफ्नो देश र भारतबिच जारी तनाव अन्त्य हुनु अत्यावश्यक रहेकाले वार्ताको वातावरण बनाउनका लागि पहल गर्न पाकिस्तानले अमेरिकासँग आग्रह गरेको पाकिस्तानी पत्रिका डनले उल्लेख गरेको छ।
अमेरिकाका लागि पाकिस्तानी राजदूत माजिद खानले वासिङ्गटनस्थित थिंकट्यांक स्टिम्सन सेन्टरको कार्यक्रममा यस्तो बताएको डनले जनाएको छ। पाकिस्तानी राजदूत खानले भनेका छन्, ‘पाकिस्तान शान्तिपूर्ण छिमेकी चाहन्छ, अवस्था शान्त बनाउने जिम्मा भारतको हो। हामी अमेरिकासँग आग्रह गर्छौँ कि शान्ति स्थापनाका लागि वार्ताको पहल गरि वातावरण बनाउनु भूमिका खेलोस्।’
सन् २०१९ को फेब्रुअरी दोस्रो हप्ता पुलवामामा भएको भारतीय सुरक्षाकर्मीमाथि भएको आक्रमणलाई लिएर भारत आफूले कब्जामा लिएको क्षेत्र सदाका लागि आफूमा मिलाउने प्रयासमा रहेको पनि राजदूत खानले बताएका छन्। यस्तै बालाकोटमा भारतले दाबी गरेजस्तो चरमपन्थीको क्याम्प नरहेको र त्यहाँ आक्रमण गर्दा राजनीतिक रुपमा फाइदा हुने भएकाले भारत सरकारले आक्रमक नीति लिएको आरोप उनले लगाएका छन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १० फागुन २०७७, ११ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
४९१ जना कैदीसहित हजारौँ अफगान शरणार्थी पाकिस्तानबाट स्वदेश फिर्ता
पाकिस्तानमा अमेरिका–इरान वार्ता सुरु हुँदै
पाकिस्तानद्वारा अफगानिस्तानमा फेरि हवाई हमला, ४०० जनाको मृत्यु
रवि-बालेनलाई पाकिस्तानी प्रधानमन्त्रीले दिए बधाई
खामेनीको हत्यापछि पाकिस्तानमा प्रदर्शन, २० जनाको मृत्यु
पाकिस्तान-अफगानिस्तानबिच युद्ध : १२७ जना मारिए