म्यान्मारको सेनाको समाचार पेज फेसबुकद्वारा बन्द

एजेन्सी

सोमबार, १० फागुन २०७७, ०८ : १५
म्यान्मारको सेनाको समाचार पेज फेसबुकद्वारा बन्द

एजेन्सी । सामाजिक सञ्जाल फेसबुकले म्यान्मारको सेनाले सञ्चालन गरेको समाचार पेज हटाइदिएको छ । फेसबुकले ‘तत्मादअ टु समाचार सूचना पेज’ ले सञ्जाल प्रयोगकर्ताले पालना गर्नुपर्ने नियमहरु उलंघन गरेको भन्दै उक्त पेज आइतबार हटाइदिएको हो । 

बारम्बार हिंसाका लागि उक्साएको तथा सामाजिक हानी पुर्याएका कारण हाम्रो विश्वप्यापी नीतिअनुसार सो पेज हटाइएको फेसबुकका प्रतिनिधिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस