भागरथी जब घरबाट हिँडिन्…

पत्रपत्रिकाबाट

विहीबार, ०६ फागुन २०७७, ०६ : ४२
भागरथी जब घरबाट हिँडिन्…

काठमाडौं । बैतडीको दोगडाकेदार ७ की १७ वर्षीय किशोरी भागिरथी भट्टको बलात्कार तथा हत्यामा संलग्न रहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

प्रहरीले हत्यामा संलग्न रहेको साबिती बयानका आधारमा भागिरथी पढ्ने सनातन माध्यमिक विद्यालयमा नै कक्षा ११ मा अध्ययनरत दिनेश भट्टलाई पक्राउ गरी बुधबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो । भागरथी सो विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन् ।

घटनाको अनुसन्धानका लागि सुरुदेखिको प्रहरीको सक्रियता र स्थानीयसँगको सन्दिग्ध व्यक्तिको सुराकका आधारमा प्रहरीले विभिन्न व्यक्तिको ‘टाइमलाइन’लाई ‘क्लोज सर्भिलेन्स’मा राख्दै पच्छ्याएको थियो । सो क्रममा प्रहरीले भागरथी हत्यामा संलग्न अभियुक्त दिनेशलाई मंगलबार पक्राउ गरेको थियो । राजधानी दैनिकमा खबर छ ।  

प्रतिक्रिया दिनुहोस