प्रतिनिधीसभा विघटन : सर्वाेच्चमा आजबाट एमिकस क्यूरीले सुझाव राख्ने

सफल खबर संवाददाता

मंगलबार, ०४ फागुन २०७७, ०८ : ३७
प्रतिनिधीसभा विघटन : सर्वाेच्चमा आजबाट एमिकस क्यूरीले सुझाव राख्ने

काठमाडौं । प्रतिनिधीसभा विघटनका विरुद्धमा सर्वाेच्चमा परेको रिटमा आजबाट अदालतले गठन गरेको एमिकस क्यूरीले सुझाव दिनेछ । अदालतले आफ्नो सहयोगीका रुपमा यो मुद्दामा एमिकस क्यूरी गठन गरेको थियो । कुनै विषयको मुद्दामा अदालतले सहयोगीको राय लिन चाहेमा एमिकस क्यूरी गठन गर्नुपर्ने हुन्छ । अदालतले प्रतिनिधीसभा विघटनको यो मुद्धामा एमिकस क्यूरी गठन गरेको थियो ।

संसद विघटनको पक्ष÷विपक्षका वकिलहरुले आ–आफ्नो बहस सकेपछि आजबाट अदालतमा एमिकस क्यूरीले आफनो सुझाव राख्न लागेका हुन् । उनीहरुले पक्ष विपक्षमा रहेर भन्दा पनि अदालतलाई सुझाव दिने गरी गठन गरिएको हुन्छ । एमिकस क्यूरीमा बद्रीबहादुर कार्की, विजयकान्त मैनाली, सतीशकृष्ण खरेल, पूर्णमान शाक्य र गीता पाठक संग्रौला छन् । बढीमा तीन दिन सम्म एमिकस क्युरीले सुझाव राखेपछि सर्वाेच्चले आफ्नो फैसला सुनाउनेछ । प्रधानमन्त्री केपी ओलीले संविधानमा उनलाई अधिकार नै नभएकोमा स्वेच्छाचारि र अलोकतानित्रक तरिकाबाट असम्वैधानिक ढंगबाट पुस ५ गते प्रतिनिधीसभा विघटन गरेका थिए । 

५ वर्षे कार्यकाल रहेको प्रतिनिधीसभाको ओलीले आफु पार्टी संसदीय दल र पार्टी केन्द्रीय समिति सम्ममा अल्पमतमा परेपछि प्रतिनिधीसभा विघटनको निर्णय लिएका थिए । ओलीको यो प्रतिगमनकारी निर्णय पछि नेकपा विभाजित भएको छ । ओलीले अझै २ वर्ष छदाखादाको प्रतिनिधीसभा विघटन गरेर आगामी वैशाखमा चुनावको मिति घोषणा गरेका छन् । 

तर ओलीले घोषणा गरेको समयमा चुनाव हुने अवस्था छैन् । प्रतिनिधिीसभा विघटनको यो मुद्दामा आजबाट एमिकस क्यूरीका सदस्यहरुले दिने सुझाव तीन दिनभित्र सक्ने र केही दिन अध्ययन गरेर सर्वाेच्चले फैसला दिने बताईएको छ । यसो हुदा फागुन १४ भित्रै अदालतले निर्णय दिने बताईएको छ । 

गएको पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरि आउँदो वैशाख १७ र २७ गतेका लागि चुनावको घोषणा गरेपछि त्यसको विरोध हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस