महालक्ष्मी विकास बैंककोे बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा लम्साल

सफल खबर संवाददाता

आइतबार, ०२ फागुन २०७७, १५ : ४१
महालक्ष्मी विकास बैंककोे बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा लम्साल

काठमाढौं । महालक्ष्मी विकास बैंकले बैंकका बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा दिपेश लम्साल लाई बढुवा गरेको छ । साथै बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सुम्पेको छ ।

बिगत १२ बर्ष देखि महालक्ष्मी बिकास बैंकमा कार्यरत लम्सालको बिभिन्न वाणिज्य तथा विकास बैंकको सम्पूर्ण क्षेत्रहरुमा २५ बर्षको बैकिङ्ग अनुभब रहेको छ ।

केन्द्रीय बैंकको नितिनियम भित्र रहेर सम्पूर्ण ग्राहक, शेयरधनी तथा कर्मचारीहरुको हितमा कार्य गर्दै गुणस्तरीय सेवा तथा उचित प्रतिफल प्रदान गर्न आफु केन्द्रित हुने लम्सालले बताएका छन्  ।

प्रतिक्रिया दिनुहोस