विराटनगर । लुकेर रहेका प्रतिभालाई देशभरि चिनाउन र उनीहरुको मनोबल बढाउन यहाँ ‘मिस एण्ड मिस्टर विराटनगर–२०७७’ प्रतियोगिता गरिने भएको छ । स्रष्टा नेपालद्वारा आयोजना हुने सो प्रतियोगिताका मिस एण्ड मिस्टर कार्यक्रमका निर्देशक रोनक अग्रवालले आज पत्रकार सम्मेलन गरी जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुने मिस एण्ड मिस्टर विराटनगरलाई जनही रु ५१ हजारको पुरस्कार प्रदान गरिनेछ । कार्यक्रमको शोभा बढाउन नेपाली कलाकार रेश्मा घिमिरे, सुरजसिंह ठकुरी र गायक विक्रम बरालको सहभागितासमेत रहने बताइएको छ ।
विराटनगरभरिको अडिसन यही फागुन ४ र ८ गते हुने छ । कार्यक्रमको अन्तिम प्रतियोगिता चैतमा हुने र यसका लागि अहिले नै मिति तोकिनसकेको आयोजकले जनाएको छ । प्रतियोगितामा १५ देखि २५ वर्षसम्मका अविवाहित युवकयुवतीे सहभागिता हुने प्रबन्ध मिलाइएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, ०२ फागुन २०७७, १४ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अभिनेता सैफ अली खानले सम्बन्धविच्छेदपछि अमृतालाई दिएका थिए यति करोड
कबड्डी फिल्मको चौँथो सिक्वेल ‘कबड्डी ४’ निर्माण हुने
नायक पल शाह विरुद्ध कुटपिट तथा हातपात गरेको आरोपमा उजुरी
दोस्रो पटक आमा बनिन् करिना कपुर, जन्माइन् छोरो
बलिउड अभिनेत्री जिया खानको हत्या, ७ वर्ष बितिसक्दा सम्म अझैं रहस्यमय
मगर सँस्कृति चिनाउन आयो नेपाली चलचित्र मिर्ही (भाग्य)