पर्यटन व्यवसायी महिलालाई डिजिटल मार्केटिङ तालीम

रासस

आइतबार, ०२ फागुन २०७७, १२ : ५०
पर्यटन व्यवसायी महिलालाई डिजिटल मार्केटिङ तालीम

पोखरा । पर्यटन क्षेत्रलाई  प्रविधिमैत्री बनाउनका लागि पर्यटन व्यवसायी महिलालाई डिजिटल अनलाइनस तालीम प्रदान गरिएको छ । पर्यटन व्यवसायी महिला सङ्घ टेवानको आयोजना तथा नेपाल पर्यटन बोर्ड गण्डकीको प्रवद्र्धनमा सङ्घ आवद्ध सदस्यलाई प्रविधिको सही प्रयोगबाट व्यवसायलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिइएको थियो ।

तालीमको उद्घाटन सत्रमा पोखरा महानगरपालिका –६ का वडाध्यक्ष जगत पहारीले पर्यटन क्षेत्रमा व्यवसायी महिलाको योगदानको महत्वपूर्ण रहेको उल्लेख गरे। उनले विभिन्न जिम्मेवारी तथा भूमिकालाई व्यवस्थापन गर्ने कला महिलामा रहेको बताउँदै डिजिटल मार्केटिङ सम्बन्धी तालीमले थप ज्ञान हासिल गराउने विश्वास व्यक्त गरे ।
 

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशीराज भण्डारीले समयको माग अनुसार प्रविधिको विकासमा ध्यान दिएर अघि बढ्नुपर्नेमा जोड दिए । पछिल्लो समय अधिकांश पाहुनाले सोसल साइटको प्रयोग गर्ने भएकाले व्यवसायीले पनि यस सोसल साइटका माध्यमबाट व्यवसायको प्रवद्र्धनमा जोड दिनुपर्ने उनको भनाइ थियो ।

पोखरा पर्यटन परिषदका महासचिव रामचन्द्र शर्माले पर्यटन फराकिलो क्षेत्र भएकाले यसमा आवद्ध व्यवसायीमा प्रविधिको ज्ञान हुन जरुरी रहेको बताए । उनले समयअनुसारको हरेक क्षेत्रका अब्बल राख्दै आफ्नो व्यवसायलाई प्रवद्र्धन गर्नुपर्ने उनको भनाइ थियो । 
 

प्रतिक्रिया दिनुहोस