माटो निकालेर फेवातालको आयु लम्ब्याउने

रासस

आइतबार, ०२ फागुन २०७७, १२ : ४४
माटो निकालेर फेवातालको आयु लम्ब्याउने

पोखरा । पोखराको फेवातालको बाँध ४२ वर्षपछि मर्मत सम्भार हुँदैछ । यसका लागि जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले तालको पानीको सतह घटाएको छ । पानीको सतह घटेपछि फेवाताल किनारमा थुप्रिएको माटोलाई यही समयमा निकालेर तालको आयु बढाउनुपर्ने विषय  सम्पदा संरक्षणकर्मी, स्थानीय एवं पर्यटन व्यवसायीको चासो र चर्चामा छ । 

तालको सिरान क्षेत्रबाट बगेर आएको ढुङ्गा माटो ९ग्रेगान०कारण तालको आयु घट्दै गएको जनाउँदै  यसअघि पनि समयसमयमा माटो निकाल्नुपर्छ भन्ने विषयमा कुरा उठ्दै आइरहेको थियो  । सम्पदा संरक्षण अधिकारकर्मी रामबहादुर पौडेलले तालको पानी घटाइएकाले थुप्रिएका माटो निकाल्न उपयुक्त समय भएको बताए । “फेवाताल पोखराको गहना हो, तालको आयुलाई बढाउन यसरी थुप्रिएको माटोलाई समयमै निकालेर फाल्नुपर्छ”, उनले भने । 

 उनले  यस विषयसम्बन्धी निकायको ध्यानाकषर्ण गरेर नागरिकस्तरबाट पनि माटो फाल्नका लागि पहल गरिने उहाँले जानकारी दिए।  फेवाताल वरिपरि रहेको फोेहर मैला व्यवस्थापन गर्ने, फेवातालभित्र रहेको मलिलो माटो झिकेर सही सदुपयोग गर्ने र ताललाई फराकिलो बनाएर थप सौन्दर्यकरण गर्न पोखरा महानगरपालिकालाई समन्वयनका लागि आग्रह समेत गरिएको बताए । 
 

प्रतिक्रिया दिनुहोस